![]() |
| प्रधानमन्त्री के.पी. शर्मा ओली/KP Sharma Oli |
प्रधानमन्त्री के.पी. शर्मा ओली
व्यबस्थापिका संसदबाट २०७२ साल असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचित हुनुभई असोज २५ गते पद तथा गोपनीयताको शपथ लिएपछि प्रधान मन्त्री के.पी. शर्मा ओली नेपालको ३८ औं प्रधानमन्त्री हुनुभएको छ । २००८ साल फागुन ११ गते तेह्रथुम, इवा– २ मा उहाँको जन्म भएको हो । २०७१ साल असार १९ देखि २५ गतेसम्म काठमाण्डौंमा भएको नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनबाट श्री ओली अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । नेकपा एमालेको संसदीय दलको नेता समेत रहनु भएका श्री ओली झापा क्षेत्र नं. ७ बाट निर्वाचित हुनुहुन्छ ।
२०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भई राजनीतिक जीवनको सुरुवात गर्नुभएका प्रधानमन्त्री ओली २०२५ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आवद्ध भई नेतृत्व गर्नु भएको थियो । उहाँले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएको हो । राजनीतिक जिम्मेवारी बहन गर्ने क्रममा उहाँ २०२७ साल फागुन १६ गते, आइतबार झापाबाट पहिलो पटक गिरफ्तार हुनु भएको थियो । २०३० साल असोज २३ गते उहाँको जेल जीवन प्रारम्भ भएको थियो । उहाँले लगातार १४ वर्ष जेल जीवन बिताउनु भएको थियो ।

No comments:
Post a Comment