![]() |
| मन मोहन अधिकारी/Man Mohan Adhikari |
विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी (जून १९२०- २६ अप्रिल १९९९) नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य हुनुहुन्थ्यो । वि.सं.२०४६को जनआन्दोलन ताका नेकपा मार्क्सवादीका अध्यक्ष रहनुभएका अधिकारी २०४७ मा नेकपा मालेसित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्नु भयो |
२०५१को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उहाँ प्रधानमन्त्री बन्नुभएको थियो तर उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो जुन नेपालको इतिहासमा ’’९ महिने सरकार’’ को रूपमा चिनिन्छ।
काठमाडौंको लाजिम्पाटमा जन्मिनुभएका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताउनुभयो | उहाँ १९३८ मा अध्ययनको निम्ति भारतको वाराणसी जानुभयो। उहाँको बि. एस्सी.को अध्ययन सकिन लागेका बेला १९४२ मा मनमोहन भारत छोडो आन्दोलनमा सहभागी हुनुभयो । उहाँलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो त्यही कारणबाट उनको अध्ययन पनि पुरा हुन पाएन।
भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लाग्नुभएको थियो | उहाँ भारतीय कम्युनिस्ट पार्टीमा संलग्न हुनुहुन्थ्यो । भारतबाट विराटनगर फर्केपछि उहाँ त्यहाँ एक कारखानामा काम गर्न थाल्नुभयो र ट्रेड यूनियनको नेता बन्नुभयो |
बांग्लादेशको स्वतन्त्रता आन्दोलनको क्रममा पनि उहाँ पक्राऊ पर्नुभएको थियो |
१९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो।
उँहाको मृत्यु पछि, माधवकुमार नेकपा एमालेको महासचिव बन्नु भयो ।

No comments:
Post a Comment