Latest News

कृष्णप्रसाद भट्टराई

कृष्णप्रसाद भट्टराई
राजनैतिक क्षत्रमा किशुनजी भनेर चिनिने कृष्णप्रसाद भट्टराई नेपालका बरिष्ठ राजनीतिज्ञ हुनुहुन्थ्यो। भट्टराई वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न हुनुहुन्थ्यो साथै उहाँ नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिलो प्रधानमन्त्री हुनुहुन्थ्यो । २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा भट्टराईले काम गर्नुभएको थियो । भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख बन्नुभएको थियो |

भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा प्रधानमन्त्री हुनुभयो । नेपाल अधिराज्यको संविधान २०४७(१९२४-२०११) निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व उहाँले सफलता पूर्वक बहन गर्नुभएको थियो । २०५६ को आम निर्वाचनमा विजयी भएपछि फेरी एकपटक नेपालको प्रधानमन्त्री बन्नुभएको थियो ।

स्व. कृष्णप्रसाद भट्टराईको जन्म भारतको बनारसमा स्व. पिता संकटाप्रसाद र स्व. माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भएको थियो।

भट्टराईको शिक्षा पनि बनारसमा नै भएको थियो। उहाँले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गर्नुभएको थियो ।

स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिने भट्टराई गान्धीवादी सन्त नेता दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ ।
मृत्यु
कृष्ण प्रसाद भट्टराईको मृत्यु २०६७ फागुन २० गते शुक्रबार राति ११ बजेर २६ मिनटमा काठमाडौंको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा  भयो। यिनको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ फागुन २२ गते पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो । 

No comments:

Post a Comment

Introduction other person and space, history Designed by Templateism.com Copyright © 2014

Theme images by Bim. Powered by Blogger.